पहिलो पटक मतदानबाट बजेट पारित

प्रतिनिधिसभामा पहिलो पटक मतदानबाट बजेट पारित भएको छ ।

बुधबार आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकमाथि भएको मतदानमा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो ।

मतदानका क्रममा नेपाली काँग्रेसका ५ सांसद अनुपस्थित भएका थिए । संसदमा बजेटमाथि मतदान भएको यो पहिलो घटना हो ।

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए ।

विगतमा सत्तारुढ दलसँग बहुमत रहेको विश्वासका आधारमा मत विभाजन नगर्ने चलन थियो । तर एमालेले माग गरेपछि बुधबार संसदमा मत विभाजन भएको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ ।

जसमा सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?