नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आरोपितहरूबाट २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आरोपीहरूविरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको छ ।

यसअघि प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययन गरी मुद्दाबारे निर्णय लिन सरकारी वकिलको कार्यालयले आठ जनाको टोली बनाएको थियो । मुद्दा दायर गर्न बुधवार अन्तिम म्याद थियो ।

संगठित अपराधसम्बन्धी अभियोगमा प्रहरीले अनुसन्धान थालेको ६० दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । मुद्दा दर्ता भएका ३० जनामध्ये १४ जना फरार छन् भने दुई पूर्वमन्त्रीसहित अन्य १६ जना हिरासतमा छन् ।

आरोपितहरु
१.केशवप्रसाद दुलाल
२. सानु भण्डारी
३. सागर राई
४. सन्देश शर्मा
५. टंककुमार गुरुङ
६. इन्द्रजित राई
७. टोपबहादुर रायमाझी
८. सन्दिप रायमाझी
९. टेकनारायण पाण्डे
१०. नरेन्द्र केसी
११. गोविन्दकुमार चौधरी
१२. रामशरण केसी
१३. बालकृष्ण खाण
१४. आङटावा शेर्पा
१५. शमशेर मियाँ
१६. टेकनाथ रिजाल
१७. केशव तुलाधर
१८. लक्ष्मी महर्जन
१९. हरिभक्त महर्जन
२०. अशोक पोखरेल
२१. धिरेन राई
२२. दिपा हुमागाञी
२३. निरज राई
२४. राजेश अर्याल
२५. मोहनराज राई
२६. आशिष बुढाथोकी
२७. बिनिता सावदेन लिम्बू
२८. निरन्ज कुमार खरेल
२९. सुनिल बुढाथोकी
३०. प्रतिक थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन र आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार रुपैयाँ बिगो असुल गर्न सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?