पाकिस्तानी दूतावासद्वारा १९८ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

नेपालस्थित पाकिस्तानी दूतावासले १९८ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौंको होटल म्यारिएटमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘एम्बेसडर अफ पाकिस्तान स्कलरसिप’ विद्यार्थीहरुल犀利士 ाई हस्तान्तरण गरेका हुन् ।

देशभरीबाट छानिएका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको दूतावासले जनाएको छ । यो वर्ष देशभरका ४३ स्कुलका १९८ जनालाई छात्रवृत्ति दिइएको छ । जसमा एक उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको छ ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाकिस्तानी दूतावासले गरेको यो सहयोगबाट दुई देशबीचको जनता–जनताबीच शिक्षाको क्षेत्रमा प्रगाढ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

यो दुई देशबीचको निकट सम्बन्धको प्रतीक भएको भन्दै छात्रवृत्ति प्रदान गरेर नेपाली विद्यार्थीहरुको हौसला बढाएकोमा धन्यवाद दिए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार हासिमीले छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने र दुई देशको द्विपक्षीय सम्बन्ध बलियो बनाउने संकल्प र इच्छा व्यक्त गरे ।

उनले शिक्षा, खेलकुद, सामाजिक गतिविधिमा नेपाली युवाहरुलाई प्रोत्साहित गर्नु आफूहरुको उद्देश्य भएको बताए । सन् २०१३ मा सुरु भएको छात्रवृत्ति कार्यक्रम हरेक वर्ष वृद्धि गर्दै लगेको छ भने लोकप्रिय पनि हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?