बाँसबारी क्लबमा पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क उद्घाटन

काठमाडौंको शहीद गंगालाल अस्पतालसँगै रहेको बाँसबारी क्लबमा सुविधासम्पन्न ‘पाकिस्तान–नेपाल फ्रेन्डसिप’ पार्क उद्घाटन गरिएको छ ।

मंगलबार आयोजित एक समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच आसमीले पार्कको उद्घाटन गरेका हुन् ।

पार्क उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, लायन्स क्लब काठमाडौंका अध्यक्ष अनन्त भेटवाल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, काठमाडौं महानगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष प्रेम थापालगायत उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत हासिमीले पाकिस्तान–नेपाल फ्रेन्डसिप पार्क निर्माण गर्न साझेदारी गरेकोमा काठमाडौं सहर एडभेन्चर्स लिमिटेडलाई धन्यवाद दिए ।

उनले यो पार्क दुई देशबीचको स्थायी मित्रता र मजबुत सम्बन्धको प्रतीकका रुपमा खडा भएको बताए । उनले सुन्दर पार्क निर्माणको अवसर दिएकोमा काठमाडौं महानगर, नेपाल सरकार र जनतालाई दूतावासका तर्फबाट धन्यवाद दिए ।

कार्यक्रममा सहभागीहरुले नेपाली जनतालाई ‘ओपन एयर जिम’ को सुविधा दिएको भन्दै पाकिस्तान सरकारलाई धन्यवाद दिए । उनीहरुले पार्क दुई देशको मित्रता र सहयोगको प्रतीकका रुपमा रहने बताए ।

बाँसबारी क्लबमा रहेको पार्क सबै उमेरका मानिसको सुविधाका रुपमा रहेको रहने विश्वास व्यक्त गरेका छन् । स्थानीयबासीले बच्चा, युवा र वृद्धवृद्धाका लागि समेत ओपन एयर जिमका रुपमा पार्क निर्माण भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?