
पार्टी सभापति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेता रहेका डोलप्रसाद अर्यालले राजीनामा दिएपछि लामिछानेलाई दलको नेता बन्ने बाटो खुलेको थियो ।
सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । सोही अनुसार उनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।
मंसिर ४ को निर्वाचनमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल दलको नेता बनेका थिए ।
१० वैशाखको उपचुनावमा लाछिाने चितवन–२ बाट निर्वाचित भएपछि पुनः दलको नेता बनेका हुन् । रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतकको जिम्मेवारी दिएको छ ।
