पश्चिम नेपालको बाजुरामा मध्यराति २ भूकम्प

पश्चिम नेपालको बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

गएराति ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको र राति साढे १ बजे ५.९ म्याग्निच्युडक犀利士 ो भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

मध्यरातको भूकम्पपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

मध्यरातमा भूकम्प आएकाले त्यसको क्षतिको कुनै विवरण आएको छैन । भूकम्प पछिको अवस्थाबारे सूचना संकलन भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?