
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
यसअघि ४ मंसिरको निर्वाचनमा उनी ३५ हजारको मतान्तरले विजयी भएका थिए । उनले ४ मंसिरको चुनावमा ४९ हजार ३०० मत पाएका थिए । उपनिर्वाचनमा उनी झन ठूलो मतान्तरको जित निकाल्न सफल भएका हुन् ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपाने तेस्रो भए । उनले १० हजार ९३५ मत पाएका छन् ।
यसअघि ४ मंसिरमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
यो निर्वाचनमा दुवै पार्टीका उम्मेदवारले अघिल्लो पटक पाएको मत जोगाउन सकेनन् ।
