चितवन–२ मा रवि लामिछानेको अग्रता, बारामा पछि परे उपेन्द्र

चितवन–२ को उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका–१ र ३ को गणना सकिँदा रविले १ हजार १५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याएका छन् ।

इच्छाकामना–१ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नम्बर ३ को गणना भएपछि रवि लामिछाने अघि बढेका हुन् ।

उता बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

यसअघि अगाडि रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई पछि犀利士 पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार कुशवाहले ८९५ मत पाउँदा जसपा अध्यक्ष यादवले ७८७ मत ल्याएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?