चितवन–२ मा एमालेको सुरुवाती अग्रता, रवि दोस्रो स्थानमा

犀利士 content/uploads/2023/04/image-41.png”>

चितवन–२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक परिणाममा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपाने अगाडि छन् ।

इच्छाकामना गाउँपालिका–१ को मतगणना भइरहेको छ । हालसम्म न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ २४४ मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?