तनहुँ–१ मा स्वर्णिम वाग्ले दोब्बर मतान्तरले अगाडि

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणनामा जारी छ ।

आइतबारराति देखि सुर भएको मतगणनामा हालसम्म १३ हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतको अग्रता कायम गरेका छन् ।

सोमबारबिहानसम्मको मतपरिणामअनुसार १३ हजार ६५ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा.वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ–१ अन्तर्गत ४२ वडामा ६३ हजार ७५७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?