
आइतबार भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा ४ मंसिरको भन्दा कम मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा ४ मंसिरको तुलनामा चितवन–२ मा कम मत खसेको छ ।
मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।
मतदानस्थलमा प्रवेश गरेका मतदाता लाइनमा रहेकाले केही स्थानमा मतदान जारी छ । चितवन–२ मा १ लाख २४ हजार ६९८ छन् ।
उता तनहुँमा ५१.७० प्रतिशत मत खसेको छ । गत ४ मंसिरमा यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो । बारामा पति ४ मंसिरको भन्दा कम मत खसेको छ ।
मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।
