तीन क्षेत्रमा उपनिर्वाचनको मतदान सुरु

तनहुँ क्षेत्र नम्बर–१, बारा क्षेत्र नं. २ र चितवन क्षेत्र नं. २ मा बिहान ७ बजेदेखि उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि खाली भएको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी चितव威而鋼 न–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेको थियो ।

प्रत्यक्ष निर्वाचित सांसदको पद रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ मुख्य प्रतिस्पर्धी छन् ।

तनहुँ– १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्ले तथा बारा– २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल लगायत प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?