आठौं पटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

犀利士 re>

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले परराष्ट्रमन्त्रीमा नेपाली काँग्रेसका नेता एनपी साउदलाई नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनियताको शपथ गरेका छन् ।

सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको हो ।

हाल परराष्ट्रमन्त्रीको जिम्मा पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरे पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अब १८ जना मन्त्री भएका छन् । बाँकी चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ ।

आइतबार नै नेकपा एकीकृत समाजवादीकी नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?