एमाले अध्यक्ष केपी ओलीलाई भाइरल ज्वरो

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू भाइरल ज्वरोका कारण बिरामी परेको र औषधि खाएर निवासमै आराम गरिरहेको जानकारी दिएका छन् ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’, ओलीले फेसबुकमा लेखेका छन्, ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभगी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’

उनले स्वास्थ्य ठीक भएपछि उचित समयमा ती ठाउँका मतदाता भेट्न जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?