प्रधानमन्त्रीले संसदबाट पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

मतदानमा २६२ सांसदले भाग लिएका थिए ।

१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका थिए । तर राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवारको पक्षमा उभिएपछि एमाले र राप्रपाले समर्थन फिर्ता गरेपछि पुनः विश्वासको मत लिनु परेको हो ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत 威而鋼 लिनुपरेको हो ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?