रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

उपराष्ट्रपति पदमा जसपा नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलको समर्थन थियो । उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका छन् । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले मत दिएका छन् ।

उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका ३३३ सांसद र ५५० प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।स ंघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?