प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर द्वन्द्वकालीन मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिनुपर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र आफैं उपस्थित भएर वा महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।

रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?