ओलीको आक्रोश– सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते जनयुद्ध दिवसका दिन बिदा दिएको विषयमा मुख खोलेका छन् ।

सत्ता गठबन्धनमै रहेका कारण त्यसबेला केही नबोलेका ओलीले बिहीबार आफ्नो ७२औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउनु दुःखत भएको टिप्णी गरेका हुन् ।

ओलीको अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धन धरापमा परेको संकेत देखिएको छ ।

उनले भने, ‘हामीलाई अब कुनै किसिमको कलह चाहिएको छैन । अहिलेकै सरकार (पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको) ले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो ।

ओलीले आफ्नै पार्टी सहभागी सरकारप्रति गरेको टिप्पणीले वर्तमान सत्ता गठबन्धन गम्भीर धरापमा परेको संकेत गर्छ । उनले आज सं威而鋼 सारका केही मुलुकहरुबाहेक अन्यत्र नेपालको जस्तै स्वतन्त्रता रहेको बताउँदै यसलाई सानो उपलब्धी भन्न नहुने उल्लेख गरे ।

‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो । हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ । हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो । त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो । यो दुःखद हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?