काँग्रेस नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिने

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिने भएको छ । ग्यास सिलिण्डर दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार नै उपचारका लागि मुम्बई लगिएको हो ।

आज बिहान साढे १० बजे पहिलो र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटना हुँदा भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए ।

आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।

उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

गएराति डा.सुनिल केस्वानी र डा.सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।

日本藤素 चिकित्सकहरुका अनुसार सबै पारामिटरहरू नर्मल रहेका छन् । तर उनलाई ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?