सांसद पद खारेज भएसँगै रवि लामिछानेले कुन–कुन पद गुमाए ?

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । नेपाली नागरिकता परित्याग गरेपछि पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका रविको सांसदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद पनि गएको छ ।

उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले सांसदको उम्मेदवार हुन र सांसद निर्वाचित हुनेसम्म अयोग्य रहेको सर्वोच्चको संवैधानिक इजलासको ठहर छ ।

सर्वोच्चले उत्प्रेषणको आदेश दिँदै उनको सांसद पद खारेज गरिदिएको हो । सांसद पद खारेज भएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको छ । अन्य व्यक्तिको हकमा सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था भए पनि उनी नेपालको नागरिक नै नरहेको अवस्थामा उनको पद स्वतः जाने भएको हो ।

त्यति मात्र होइन उनकै सभापतित्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको पद र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद पनि उनले गुमाएका छन् । सर्वोच्चको आदेशसँगै चितवन २ मा उपनिर्वाचन हुने निश्चित भएको छ ।

४ मंसिरमा भएको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २犀利士 बाट सबैभन्दा फराकिलो मतान्तरसहित विजयी भएका थिए । उनले चितवन २ मा काँग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?