जनकपुरका दुई युवाको अपहरणपछि भारतमा हत्या

जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षका विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने नातेदारको घर गएका थिए । तर उनीहरु १३ दिनदेखि सम्पर्कबिहीन भएका थिए ।

सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको थियो । २० लाख धरौटी मागेका अपहरणकारीले विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए ।

सुरुमा उनीहरुले २० लाख मागेको र अपहरणकारीलाई सो रकम दिन राजी भएपछि ५० लाख मागेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए ।

अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर विष्णुका परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको परिवारले बताएका छन् ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?