पोखरा विमान दुर्घटनाका मृतकको शव सोमबार परिवारलाई बुझाइने

पोखरामा आइतबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शप सोमबार परिवारलाई बुझाइने भएको छ ।

आइतबार साँझसम्म संकलन भएका शव पहिचान गरेपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने उल्लेख गरेका छन् ।

आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव भेटिएको छ । ४ जनाको भने खोजीकार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?