ब्रेकिङ : यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना

पोखरा । पोखराको नयागाउँमा आज विहान यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको चोरसाँघु नजिकैको सेती खोचमा जहाज दुर्घटना भएको हो ।


दुर्घटनास्थलमा दमकल र प्रहरी पुगेको छ । दुर्घटनापछि विमानमा आगो लागेको छ ।
दुर्घटनाबारे थप जानकारी लिने प्रयासमै रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?