नेपाली दूतावासले पासपोर्ट सम्बन्धि घुम्ती सेवा दिँदै, कुन प्रिफेक्चरमा कहिले ? सूचनाको पूर्णपाठसहित


टोकियो ।
भोलि शनिबारदेखि नेपाली राजदूतावासले राहदानीका लागि घुम्ती सेवा सुरु गर्ने भएको छ ।
जापानको विभिन्न प्रिफेक्चरमा रहेका नेपाली नागरिकहरुको सुविधालाई मध्यनजर गर्दै दूतावासले घुम्ती सेवा दिन लागेको हो । दूतावासले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एवं क्षेत्रीय कमिटीहरूसँग सहकार्य गरी राहदानी तथा कन्सुलर सेवा दिने जापानका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले जानकारी दिनुभयो ।

दूतावासले एक सूचना समेत जारी गरेर घुम्ती सेवाबाट लाभ लिन अनुरोध गरेको छ । सूचनामा उल्लेख भएअनुसार पहिलो चरणमा जापानका ६ शहरमा यस्तो सेवा दिइने छ ।

सूचनामा उल्लेख भए अनुसार जनवरी १४ तारिकमा साइतामा प्रिफेक्चर, र जनवरी २८–२९ तारिकमा नागोया प्रिफेक्चर, फेब्रुअरी ११र १२ तारिकमा गुम्वाकेन, मार्च ४ र ५ मा सेन्डाई, अप्रिल १ र २ तारिकका दिन फुकुओका र अप्रिल २९ र ३० तारिकमा ओशाकामा घुम्ती सेवा सञ्चालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?