आज विजयादशमी, घरघरमा मान्यजनका हातबाट टीका ग्रहण गरिँदै

बडादसैंको दशौं दिन आज विजयादशमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन जमरा राखी महानवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाउने गरिन्छ ।

आज बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ५१ मिनेटमा टीकाको शुभसाइत रहेको छ । तर विजयादशमीको दिनभरि नै टीका लगाउन शुभ हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहँेलो जमरा नै प्रयोग गरिन्छ ।
आजको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने र मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका र आशिर्वाद लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?