दशैंमा धेरै मासु नखानुस्, हुनसक्छ यस्तो नोक्सानी

हिन्दूहरु यतिबेला दशैंमा रमाइरहेका छन् । नेपाल, भारतजस्ता कृषि प्रधान देशमा खेतबारीमा काम र मनसुन सकिएपछि यो चाड आउने गर्छ ।

दशैंमा विशेष गरी नवदुर्गाको पूजाआरधना गरिन्छ । विशेष गरी नेपाल, भारत, भुटान र म्यानमारसहित हिन्दू धर्मावलम्बीको बसोबास भएका क्षेत्रमा दशै पर्व मनाउने गरिन्छ ।

दशैंमा दुर्गा पूजाका साथै खसी, बोका, राँगालगायत पशुहरुको बलि दिने र मासु खाने प्रचलन पनि रहेको छ । पछिल्लो समयमा बलि दिने प्रचलन केही कम हुँदै गएको पाइन्छ ।

बलि दिने तथा दशैंमा पशुहरु काटेर विभिन्न परिकार बनाएर मासु खाने गर्छन् । त्यसले मानिसको शरीर तथा मस्तिष्कका लागि घातक हुनसक्छ ।

१.मानिस मासु नखाई साहाकारी भएर सारा जीवन बाँच्न सक्छ । तर मासुमात्रै खाएर सारा जीवन बिताउँन सक्दैन ।

२. मासु खानेको तुलनामा मासु नखाने मानिसको आयु लामो हुने गरेको पाइन्छ । फलफुल खाने व्यक्तिहरुको शरीरमा जति फुर्ति, काम गर्ने इच्छाशक्ति, लगन र निष्ठा मासु खाने व्यक्तिहरुमा हुँदैन ।

३. अपराधमा संलग्न हुनेमध्ये साहाकारीको तुलनामा मांसाहारी नै बढी हुने गरेको पाइन्छ । मासु खानेमा सहन शक्ति कम हुने, रिस बढी उठ्ने र काम वासनाको सोच बढी हुने एक अध्ययनले देखाएको छ ।

४. मासु खाने मानिसहरुमा रोगप्रतिरोधात्मक क्षमता कमी हुने भएकाले विभिन्न रोगले सताउँछ । मासु खाने व्यक्ति क्षणिक शक्तिशाली भएपनि स्वस्थ हुँदैनन् । भविष्यमा प्राय रोगी हुन जान्छन । मासु खाने व्यक्तिहरु मासु नखाने व्यक्तिहरुको तुलनामा छिटो थाक्छन् ।

५. मांसाहारीमा हृदयघात र क्यान्सरजस्त रोग लाग्ने सम्भावना मासु नखाने व्यक्तिको तुलनामा बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?