दशैंमा कस्तो मासु खाने ?

हिन्दूहरुको सबैभन्दा ठूलो चाड दशैंमा मासुको धेरै नै खपत हुने गर्छ । सानो आम्दानी हुनेदेखि ठूलो आम्दानी हुनेसम्म, सहरदेखि गाउँसम्म, धनी वा गरिब सबैले दशैंमा मासुको जोहो गर्छन् ।

तर, सबै मासु खानका लागि योग्य हुँदैनन् । मासु खाँदा थोरै सजगता अपनाएन भने ठूलो दुःख पाउने सम्भावना पनि हुन्छ । त्यसैले मासु खाँदा होस पुर्‍याउनुपर्छ ।

मासु स्वस्थ राख्नका अक्सिजन चाहिन्छ । अक्सिजनको अभाव भएमा मासु बिग्रनसक्छ । मासुमा कहीँ कतै ढुसी लागेको देख्नुभयो भने हेसियार हुनुहोस् । यस्तो मासुले तपाईको शरीरलाई फाइदाको साटो उल्टो दुःख पाउन सक्नुहुन्छ ।

मासुमा थोरै मात्र ढुसी आएमा, चिपचिपे पानी आउने, रंगमा परिवर्तन आउने, रातो मासु फिक्का वा कालो निलो हुने सम्भावना रहन्छ । निकै समय मासुमा ढुसी नै रहेको खण्डमा कुहिएर दुर्गन्धित हुनुका साथै अमिलो हुन्छ ।

मासु सञ्चय गर्नका लागि शून्य डिग्री फरेनहाईट वा त्यो भन्दा कम तापक्रममा राख्दा राम्रो हुन्छ । यसो गर्दा विषाणु, जिवाणु तथा ढुसीको प्रदुषणको संक्रमणबाट बचाउँन सकिन्छ ।

मासुको प्रयोग गर्दा झाडापखाला लाग्ने, फुडपोइजनिङ हुने सम्भावना रहन्छ । त्यस्तै तपाईले खाने मासु राम्ररी पकाएर मात्रै खानुहोस् । काँचो मासुले तपाईको स्वास्थ्यलाई फाइदा गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?