प्रतिनिधिसभातर्फ सिट बाँडफाँट : कुन दलले कहाँ पाए ?

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ १६३ सिटमा सहमति जुटाएको छ । अब दलहरुबीच ५ वटा सिटमा मात्रै भागबण्डा मिल्न बाँकी छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसले ८५ सिट, माओवादी केन्द्रले ४४ सिट, एकीकृत समाजवादीले १७, जसपाले १५ र जनमोर्चाले २ सिट पाउने सहमति भइको हो ।

शीर्ष नेता र कार्यदलका सदस्यहरुको बैठकले सिट बाँडफाँटमा सहमति जुटाएको हो । माओवादी केन्द्रले उपत्यकामा काठमाडौं २ र ९ तथा ललितपुर ३ लिनेछ ।

कांग्रेसले ८५ देखि ८६ सिट पाउने देखिएको छ । काँग्रेसले प्रदेश १ मा पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ १, २, ३ र ६, सुनसरी–२, ३ र ४, ओखलढुंगा, उदयपुर–१ लिनेछ ।

यसैगरी मधेश प्रदेशमा सप्तरी–३ र ४, सिराहा–१ र २, धनुषा २, ३ र ४, महोत्तरी–२ र ३, सर्लाही–४, बारा–१, पर्सा–३ र ४ काँग्रेसले पाउनेछ ।

त्यस्तै, बागमती प्रदेशमा दोलखा वा रामेछाप–१, सिन्धुली–१, रसुवा, धादिङ–२, काठमाडौं–१, ३, ४, ५, ६, १०, भक्तपुर–१ र २, ललितपुर–१, काभ्रे–१, सिन्धुपाल्चोक–२, मकवानपुर–१, चितवन–१ र २ लिने भएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–१, मनाङ, कास्की, तनहुँ–१ र २, स्याङ्जा–१ र २, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, पर्वत लिनेछ ।

लुम्बिनी प्रदेशमा गुल्मी–१, पाल्पा–१, अर्घाखाची, रुपन्देही ३, ४ र ५, कपिलवस्तु– २ र ३, बाँके ३, बर्दिया–१, नवलपरासी पश्चिम २ लिने भएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा मुगु, दैलेख–१ र २, सुर्खेत १ र २ कांग्रेसले लिने भएको छ । सुदूरपश्चिम प्रदेशमा भने बाजुरा, अछाम, कैलाली १, ४ र ५, दार्चुला, डडेल्धुरा, कंचनपुर–२ र ३ लिनेछ ।

माओवादी केन्द्रले प्रदेश १ मा ताप्लेजुङ, झापा–२ र ५, भोजपुर, मोरङ–४ र ५, सोलुखुम्बु, खोटाङ, उदयपुर–२ लिने भएको छ ।

मधेश प्रदेशमा सिराह–३, धनुषा–१, महोत्तरी–१, सर्लाही–२ र ३ लिने भएको छ । सर्लाही–२ मा भने जसपाको पनि दाबी छ ।

बागमती प्रदेशमा दोलखा वा रामेछाप–१ मध्ये एक लिनेछ भने सिन्धुली–२, नुवाकोट–१, धादिङ–१, काठमाडौं–२ र ९, काभ्रे–१, सिन्धुपाल्चोक–१ र चितवन–३ माओवादीको भागमा परेको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा गोरखा–२, लमजुङ, कास्की १ वा ३ र बाग्लुङ–२ लिने सहमति भएको छ ।

लुम्बिनी प्रदेशमा रुपन्देही–१, कपिलवस्तु–१, रुकुम पूर्व, रोल्पा, दाङ–२, बाँके–१, बर्दिया–२, नवलपरासी पश्चिम–१ लिनेछ । रुपन्देही–१ र नवलरासी पश्चिम–१ मा नेपाली कांग्रसले पनि दाबी छ ।

कर्णाली प्रदेशमा सल्यान, जुम्ला, कालिकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम लिनेछ । सल्यानमा एकीकृत समाजवादीको पनि दाबी छ ।
त्यस्तै, सुदूरपश्चिममा अछाम–१, कैलाली–२ र ३, बैतडी, कञ्चनपुर–१ लिने भएको छ ।

एकीकृत समाजवादीले १७ सिट पाउनेछ । जसमध्ये इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–४, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटी समाजवादीको भागमा परेको छ ।

डोल्पा र अछाम–१ मा माओवादीको पनि दाबी छ ।

जसपाले सुनसरी–१, सप्तरी–१, सिराह–४, धनुषा–३, महोत्तरी–३ र ४, सर्लाही–१, रौतहट–३, बारा–३, पर्सा–१ र २, काठमाडौं–७, बाँके–२, रुपन्देही–१ र सप्तरी–२ लिनेछ ।

धनुषा–३ र महोत्तरी ३ मा नेपाली कांग्रेसको पनि छ भने रुपन्देही ३ मा माओवादी केन्द्रको दाबी छ ।
राष्ट्रिय जनमोर्चाले बागलुङ–१ र प्युठान लिने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?