
सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
जिपमा सवार ९ जनामध्ये एक जना घाइते छन् । मृत्यु भएका सबैजना कपुरकोट गाउँपालिकाका हुन् ।
मृतकहरूमध्ये कपुरकोट–६ का बसन्त ओली र टोपबहादुर ओली, कपुरकोट ५ का ललित ओली, वडा नम्बर ६ का सुरेश खत्री, गाडी चालक जितबहादुर बोहोरा, कपुरकोट–६ का खुमलाल ओली रहेका छन् । अन्य मृतकको नाम खुल्न बाँकी छ ।
बाँकेको कोहलपुरबाट सल्यान रिङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानी नजिकै दुर्घटना भएको हो । घाइते भएका एक जनालाई उपचारका लागि दाङतर्फ पठाइएको छ ।