राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट, आज पेसी

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्या भण्डारीको कदम असंवैधानिक भएको भन्दै परेको रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

संसद्बाट दुई दुई पटक पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अदालतमा छुट्टाछुट्टै ५ वटा रिट परेका छन् ।

पाँचवटै रिट सर्वोच्च प्रशासनले बिहीबार नै दर्ता गरेको छ । अधिवक्ताहरु सुनिलरञ्जन सिंह, सागर बराललगायतले रिट दायर गरेका हुन् ।

राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आलोचना भइरहेको छ ।

राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन एकजुट भएको छ भने एमाले राष्ट्रपतिको बचाउमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?