
युएईमा एक नेपाली युवाले करिब ३५ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।
दुबईमा कार सफा गर्ने काम गर्दै आएका ३१ वर्षीय भरत विश्वकर्माले महजोज ज्याकपटको चिठ्ठा जितेका हुन् । आफ्ना दुई साथीहरुसँग मिलेर चिठ्ठाको टिकट खरिद गरेका भरतले सो पुरस्कार पनि साथीहरुसँग बाँडेर लिने बताएका छन् ।
चिठ्ठाबाट जितेको रकम आफ्नो परिवार र ब्रेन ट्युमरको कारण प्यारालाइसिस भएका भाइको उपचारमा खर्च गर्ने बताएका छन् ।
मासिक १३ सय दिराम (करिब ४५ हजार नेपाली रुपैयाँ) तलबमा काम गर्ने भरत यो चिठ्ठा जित्ने सबैभन्दा कम कमाउने पहिलो व्यक्ति भएको द नेशनल न्युजले जनाएको छ ।