
निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधसभा निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन पनि आयोगले सूचना जारी गरेको छ ।
मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचनको बन्दसूची आयोगमा दर्ता भइसकेको छ । प्रत्यक्षतर्फ असोज २३ गते मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ ।