राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गरिन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले राजनीतिक प्रणालीमाथि नै प्रहार गरेको बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत जननिर्वाचित संसदबाट अनुमोदन भएर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताएका हुन् ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थाविरुद्ध नै प्रहार भएको पौडेलको ठहर छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ । बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो । म यसको भत्र्सना गर्दछु ।’

संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाउँदा पनि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?