राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण, संविधानको गम्भीर उल्लंघन

संघीय संसदबाट दुई दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले पारित गर्न अस्वीकार गरेकी छन् ।

पहिलो पटक १५औं दिनमा संसदमा नै फिर्ता गरेकी राष्ट्रपति भण्डारीले यो पटक प्रमाणीकरण नगरी चुप बसेर संविधानको गम्भीर उल्लंघन गरेकी हुन् ।

संघीय संसदबाट दोस्रो पटक पारित भएर सभामुखले प्रमाणीकरण गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्नेछ भन्ने स्पष्ट व्यवस्था उल्लंघन भएको हो ।

संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकका रुपमा स्वीकार गरेको छ । तर संरक्षकबाटै संविधानको गम्भीर उल्लंघन भएको टिप्पणी भएको छ ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरेपछि २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?