गोठाटारमा गोलीकाण्ड : घाइते मोम्मदको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ ।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका–२ स्थायी घर भएका ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली प्रहार गरेको थियो ।

उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

रातो टिर्सट र जिन्स पाइन्ट लगाएर मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली प्रहार गरेका थिए । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

गोली प्रहार गरी भाग्ने व्यक्तिको खोजीमा जुटेको प्रहरीले उपत्यकाका नाकाहरुमा कडाई गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?