जापानमा अहिलेसम्मकै सबैभन्दा भीषण आँधी आउँदा ९० लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ ।

नानमाडोल नाम दिइएको आँधीका कारण हालसम्म दुईजनाको मृत्यु भइसकेको छ ।
आइतबार जापानको सबैभन्दा दक्षिणी क्षेत्रमा रहेको क्युशु टापुमा आँधी ठोक्किएको थियो ।
तुफानको जोखिमका कारण हजारौं मानिसहरुले राहत शिविरहरुमा रात बिताएका छन् ।
करिब साढे तीन लाख घरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने यातायात तथा व्यवसाय नराम्रोसँग प्रभावित भएको छ । आँधीको कारण जापानमा ठूलो बाढी र पहिरोको पनि जोखिम बढेको छ ।
नानमाडोलका कारण २३४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ भने केही क्षेत्रमा २४ घण्टामा ४०० मिलिमिटरसम्म वर्षा भएको छ ।