क्वारेन्टिन सेन्टर जाँदै गरेको बस दुर्घटना, २७ जनाको मृत्यु

चीनको एक कोभिड–१९ क्वारेन्टिन सेन्टरमा जाँदै गरेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

चीनको दक्षिण–पश्चिम प्रान्त गुइझोउमा भएको यो दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

गुइझोउ प्रान्तमा हाल कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ । शनिबारमात्रै यो प्रान्तमा ७१२ जना संक्रमित भेटिएका थिए । यो चीनमा हाल रहेका संक्रमितको ७० प्रतिशत हो ।

विश्वभर कोभिडसँगै बाँच्न मानिसहरु अभ्यस्त हुँदै गर्दा चीनले भने अझै पनि कोभिडलाई प्राथमिकताका साथ नियन्त्रणको कोशिस गरिरहेको छ ।

यो दुर्घटनापछि कोभिडविरुद्ध चीन सरकारको नीतिको आलोचना समेत भइरहेको छ । सरकारले जीरो कोभिड नीति अनुसार कोभिड नियन्त्रणका लागि ठूलो मात्रामा परीक्षण र पहिचान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?