
उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन आदेश दिएको छ ।
प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काउन सुरु गरेको छ ।
महानगरले गत साता जय नेपाल हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो ।
सो क्षेत्रमा अन्य दर्जनौं संरचना भत्काउने चर्चा चलिरहेका बेला उच्च अदालतले नभत्काउन आदेश दिएको हो ।
अदालतले दुवै पक्षलाई असोज ५ छलफलका लागि बोलाएको छ ।
प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको हो ।