
पहिरोमा पुरिएर अछाममा २१ जनाको मृत्यु भएको छ भने अझै २ जना बेपक्ता भएका छन् । पहिरोमा पुरिएर तीन जना गम्भीर घाइते भएका छन् ।
अछामको तुर्माखाँद गाउँपालिकाको एक ठाउँ र ढकारी गाउँपालिका तथा कमलबजार नगरपालिकाको दुई ठाउँमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको हो ।
तुर्माखाँद गाउँपालिका–५ मा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कमल बजार नगरपालिका–६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर–८ मा ५ जनाको मृत्यु भएको छ ।
ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ । ढकारीकै वडा नम्बर १ मा एक जना बेपत्ता भएका छन् ।
पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ भने बेपत्ताहरुको खोजी जारी छ ।