ख्याल गर्नुहोस् आजदेखि नचल्न सक्छ तपाईंको फोन

नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

जसअनुसार आजदेखि दर्ता नभएका फोन चल्नेछैनन् । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न यो प्रणाली कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको औपचारिक सार्वजनिक भने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै नेपालमा भित्रिने सबै मोबाइल दर्ता गर्नुपर्नेछ । दर्ता नभएका फोन चल्नेछैनन् ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः दर्ता हुनेछन् भने अब भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

मोबाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ । त्यसका लागि ःम्ःक्।लतब।नयख।लउ मा गएर हेर्न सकिनेछ ।

मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने र यसबाट अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?