
नेपालको ३ दिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्दैछन् ।
सोमबार दिउँसो ३ बजे नेपाल आइपुगेका लीले सोमबार नै सभामुख अग्नि सापकोटासँग छलफल गरेका थिए ।
आज उनले सवा ९ बजेट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै संसद भवनमै बिहान १० बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ४५ मिनेट छलफल गर्नेछन् ।
ओलीसँगको भेटपछि उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ता गर्ने कार्यसूची रहेको छ । प्रचण्डसँगको छलफलपछि उनले संसद भवनमै केही सांसदहरुसँग पनि संवाद गर्ने कार्यक्रम छ ।
उनले दिउँसो ३ बजे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग मन्त्रालयमा पुगेर भेटवार्ता गर्नेछन् ।
लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि नै भेटघाट गर्ने छन् । अपरान्ह ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग छलफल हुने बताइएको छ ।