
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी किटानी चाहेरी परेको छ ।
यौन दुर्व्यवहारको आरोपमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ किटानी जाहेरी परेको हो ।
लामिछानेविरुद्ध किटानी जाहेरी परेको प्रहरीले पुष्टि गरे पनि कुनै थप जानकारी दिएको छैन । केन्याविरुद्धको टि–२० शृङ्खला खेलेर उनी अहिले व्यवसायिक खेलका क्रममा देशबाहिर रहेका छन् ।