काँग्रेस नेता गिरीको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा, आजै अन्त्येष्टि

नेपाली काँग्रेसका नेता प्रदीप गिरीको पार्थिव शरीर आज साढे ११ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिने भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको पार्थिव शरीर ११ बजेसम्म मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरीको निधनमा शोक वक्तव्य जारी गर्दै गिरीको श्रद्धान्जली र अन्त्यष्टिबारे जानकारी दिएको हो ।

पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरीको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काँग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता गिरीको ७५ वर्षको उमेरमा शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरी निमोनिया देखिएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?