करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा उनीहरुलाई करेन्ट लागेको हो ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका नौ महिने छोरा आदि ब्याम्बो रहेका छन् ।

करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा बिहीबार उनीहरुलाई करेन्ट लागेको थियो ।

चित्रबहादुर र आदिको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा गएराति मृत्यु भएको हो । घाइते दिलमायाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?