नागरिकता विधेयक जस्ताको तस्तै पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित पुनर्विचारका लागि संसदमा पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको जस्तै पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभामा प्रस्तुत भएको विधेयक छलफलपछि निर्णायर्थ प्रस्तुत गरिएको थियो । विधेयक पारित गर्ने विषयमा भएको मतदानमा विधेयक पारित गर्ने पक्षमा १३५ मत परेको छ भने विपक्षमा ६० मत परेको छ ।

नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकै रुपमा अर्थात जस्ताको तस्तै पारित भएको हो ।

विधेयकमाथिको मतदानमा १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । बिहीबारको प्रतिनिधिसभा बैठकमा दिनभरी विधेयकमाथि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?