पदाधिकारी चयन गर्दै माओवादी, को बन्ला महासचिव ?

पार्टीको महाधिवेशन सम्पन्न भएको करिब ८ महिनापछि माओवादीले पदाधिकारी चयन गर्दैछ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा पदाधिकारी प्रस्ताव गर्नेछन् । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ रहने निश्चित छ । सबैभन्दा सकस भने महासचिव चयनमा छ ।

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुन दुवैको दाबी छ । जनार्दन अर्थमन्त्री बनेको र पुनले केही समयअघि खुमलटारमा आयोजित बैठकमा महासचिव छाड्न सक्ने संकेत गरेका थिए ।

दुई नेतामध्ये एकलाई महासचिव बनाउँदा समस्या सिर्जना हुने सम्भावना रहेका कारण प्रचण्डले बिचको बाटो खोज्ने सम्भावना रहेको उच्च स्रोत बताउँछ ।

यस्तो अवस्थामा देव गुरुङ महासचिव बन्ने सम्भावना रहेको माओवादी निकट स्रोतले जनाएको छ ।

महासचिवमा यी तीन नेतासहित पम्फा भुसाल, शक्ति बस्नेत, देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेललगायतले पनि दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?