
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेपछि बस्ने बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी जानकारी गराउने कार्यसूची छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक सन्देशसहित फिर्ता पठाएको संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी गराएपछि पुनः छलफल अघि बढ्नेछ ।
नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विधेयक फिर्ता पठाउँदै पुनर्विचार गर्न ९ पृष्ठको सन्देश समेत पठाएकी छन् ।
साउन १५ मा संघीय संसदका दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले फिर्ता गरेसँगै फेरि छलफल अघि बढ्ने भएको हो ।