माओवादी स्थायी कमिटीमा बाबुरामसँगको सहकार्यबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका विषयमा छलफल हुनेछ ।

आजको बैठकमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग सहकार्य गर्ने विषयमा समेत छलफल हुने एक नेताले जानकारी दिए ।

भट्टराईले माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावका विषयमा आजको बैठकमा छलफल हुनेछ । बैठकले सो विषय पारित गरेमा सोही अनुसार निर्वाचन आयोगमा जानेगरी निर्णय हुने बताइएको छ ।

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टीमा जानकारी गराइसकेका छन् ।

आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र भट्टराईबीच एक्ला एक्लै वार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?