
पछिल्लो समयमा भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनयन गरेको भन्दै शेखर कोइराला समूहका युवा र विद्यार्थी नेताहरुले नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसबिरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छन् ।
उनीहरुले भातृ संस्थामा देउवा पक्षको कब्जाविरुद्ध विद्रोह गर्न नेताहरुको ध्यानाकर्षण समेत गराएका छन् ।
उनीहरुले आफूहरु आफ्नै समूहका नेताहरुलाई घच्घच्याउँदै वर्तमान पार्टी नेतृत्वका बिरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको बताए ।
नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्न क्याम्पसका ईकाई सभापतिहरुले ध्यानाकर्षण पत्र शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननरसिंह केसी, डा.रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी, नेवि संघका पूर्वसभापति गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।