निर्वाचनमा सहकार्य गर्ने बारेमा ओलीले गरे लिङ्देनसँग छलफल

आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन् ।

सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएपछि एमाले गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल गर्ने रणनीतिमा छ । तर एमालेले गठबन्धन र तालमेल गर्नेबारे घोषित रुपमा केही भनेको छैन ।

एमाले अध्यक्ष ओलीसँग छलफलका लागि लिङ्देन बालकोट पुगेका थिए ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ ।
पाँच दलीय सत्ता गठबन्धन एकातिर हुँदा एमाले र राप्रपाबीच सहकार्यको सम्भावनाको खोजी भएको हो ।

०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेपछि काँग्रेसका कृष्ण सिटौलालाई हराउँदै झापा–३ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?